दफा ५५
नेपाल सरकारले निर्देशन दिन सक्ने
वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताहरुको हित संरक्षण जस्ता नीतिगत विषयमा नेपाल सरकारले बोर्डलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।